७ महिला फिल्मकर्मी सम्मानित, मन्त्री शर्मा भन्छिन्- फिल्म क्षेत्रमा महिलाको सक्रियता गौरवपूर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्ममा योगदान पुर्‍याउने सात महिला फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरिन् । अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राणा, प्राविधिक ऋतु राना, एक्सन-कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान […]

उपकुलपति सिंहको अपमानजनक बिदाइ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीबार सकिँदै छ । यद्यपि भारतमा आयोजना हुन लागेको कुनै एक कार्यक्रमका सहभागी हुने भएकाले उनलाई मंगलबार साँझ उनकै निवासमा बिदाइ गरियो । उपकुलपति सिंह कार्यकाल सकेर विश्वविद्यालयबाट बाहिरिँदै गर्दासमेत विश्वविद्यालयमा लगाइएको ताला खुल्न सकेन । प्र्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै गत असोज […]

युनिग्लोबका उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजनालाई प्रथम स्थान हासिल

काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्या‌ंक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो । ‘माई ड्रिम पिच’ को पहिलो संस्करण फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन गरेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई […]

त्रिभुवन विश्वविद्यालयका स्नातक तहका विद्यार्थी प्रयोगशाला बन्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहलाई चार वर्षेबाट तीन वर्षेमा झार्ने विषय चर्चामा छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहणसँगै स्नातकलाई तीन वर्षे बनाउने उद्घोष गरेका थिए । उनको उद्घोषपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । एकाथरीले यो विषय जायज भनिरहेका छन् भने अर्काथरीले त्यस्तो गर्न नहुने तर्क गरिरहेका छन् । […]

तीन विश्वविद्यालय उपकुलपतिविहीन

काठमाडौँ । तीन विश्वविद्यालय नेतृत्वविहीन बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति विहीन बनेका हुन् । तिनै विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि उपकुलपतिविहीन बनेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीको कार्यकाल सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई १९ […]

शिक्षामा बढी चासो राख्ने सुमनालाई शिक्षा मन्त्रालयकै जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ संसदमा, संसदीय समितिमा सबैभन्दा बढी प्रश्न गर्नेमा पर्छिन् ।  जल्दाबल्दा विषयमा गहन अध्ययनसहित सरकार तथा सरोकारवाला निकायमाथि उनको तिखो प्रश्न जान्छन् । तीक्ष्ण तार्किक क्षमता भएकी सुमनाको काँधमा यतिबेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनलाई शिक्षा मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिइएको हो । अब […]

सय टेस्टको सँघारमा चार क्रिकेटर

काठमाडौँ । विश्व क्रिकेटमा हालसम्म ७६ जना खेलाडीले एक सय वा त्योभन्दा बढी टेस्ट प्रतियोगिता खेलिसकेका छन् । तर, यसै साता यो सूचीमा चारजना खेलाडी थपिने भएका छन् । त्यसपछि एक सय टेस्ट खेल्ने क्रिकेटरको सङ्ख्या ८० पुग्नेछ । घरेलु टोली भारत र इङ्ल्यान्डबिच आगामी बिहीबार धर्मशालामा पाँचौँ टेस्ट सुरु हुँदैछ । उक्त टेस्ट भारतका […]

बुबा–आमाले फिटनेसका लागि फुटबल खेलाए, उनले करियर नै बनाइन्

विराटनगर । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि गीता राना, रेखा पौडेल, प्रीति राई, पूजा रानाको खेलको सबैतिर चर्चा भयो । गत फागुन १६ गते बुधबार लेवनानसँगको प्रतिस्पर्धामा नेपाल २–१ ले विजयी हुँदा […]

बेलिङह्यामलाई दुई खेलमा प्रतिबन्ध

मड्रिड । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका रियल मड्रिडका डिफेन्डर जुड बेलिङह्यामलाई ला लिगामा दुई खेलका लागि प्रतिबन्ध गरिएको छ । २–२ को बराबरीमा सकिएको उक्त खेलमा २० वर्षीय खेलाडीले इन्जुरी समयको छैटौँ मिनेटमा रियलका लागि विजयी गोल गरेको ठानेका थिए । तर, रेफ्री जिल मानजानोले क्रस अघि नै अन्तिम सिट्ठी फुकेका थिए । त्यस […]

साफ यू-१६ महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल सेमिफाइनल जस्तै

२४ फागुन, काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ । चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो । लिग चरणको खेल भए पनि यो खेल अघोषित सेमिफाइनल जस्तै बनेको छ […]

विश्वकप क्रिकेटको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड

२३ फागुन, काठमाडौं । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ । क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, […]

आगामी आव सार्वजनिक ऋण भुक्तानीमा थप १ खर्ब छुट्याउनुपर्नेछ : अर्थमन्त्री

१४ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) का लागि सार्वजनिक ऋण भुक्तानीका लागि थप १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो जानकारी गराएका हुन् । सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको महतले […]