प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

__________ बिज्ञापन____________

उनीहरुबीच राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र फागुन ३० गते संसदमा प्रधानमन्त्री लिन लागेको विश्वासको मतको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्लाई विश्वासको मत लिनका लागि दिएको सूचना आइतबार संसद्‌ सचिवालयमा पत्र आइपुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति

सुपा देउरालीको दर्शन गरि आजको राशिफल हेर्नुहोस्

माेडल अनु खड्काकाे “तिलहरी” सार्वजनिक

नेपालमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछुः अर्थमन्त्री पुन

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी