साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी

सर्लाहीमा साइकल  यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्  ।

__________ बिज्ञापन____________

नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्। घटना लगतै स्थानीयले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ। 

साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति

सुपा देउरालीको दर्शन गरि आजको राशिफल हेर्नुहोस्

माेडल अनु खड्काकाे “तिलहरी” सार्वजनिक

नेपालमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछुः अर्थमन्त्री पुन

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता