‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड

यिनै ३८ देशका महिलाबाट जुलियाले उपाधि चुमेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस् नेपाल वर्ल्ड पृथ्वीया थापाले गरेकी थिइन् । उनी प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दै ह्युमनिटेरियन अवार्ड हात पार्न सफल भएकी छन् ।

प्रतियोगिताको शीर्ष बाहेकको अन्य सात उपाधिमा नेपालले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताइन् ।  ‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपाधि दिलाउन सक्नुलाई मैले एउटा ठुलै सफलताको रूपमा लिएको छु । आउँदा दिनमा हामीले अझ तयारी गरेमा मिसेस् वर्ल्डको उपाधि जित्न पनि सकिन्छ’ पृथ्वीयाले भनिन् । उनी यसैसाता नेपाल फर्किंदैछिन् ।

__________ बिज्ञापन____________

मिसेस् नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले पृथ्वीयाको उपलब्धि आफूले ठुलो सफलताको रूपमा लिएको बताए । ‘मिसेस् वर्ल्डमा हामीले भाग लिएको यो दोश्रोपटक हो । दोश्रोपटकमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो’ झाले थपे ।

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति

सुपा देउरालीको दर्शन गरि आजको राशिफल हेर्नुहोस्

माेडल अनु खड्काकाे “तिलहरी” सार्वजनिक

नेपालमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछुः अर्थमन्त्री पुन

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी