नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति

कंचनपुर । नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी गर्न पाइने भएको छ । गत फागुन १६ गतेदेखि क्रसबोर्डर क्यूआरमार्फत भारतीयका लागि खुला गरिएको भुक्तानी सेवा अब नेपालीका लागि पनि शुरू गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

__________ बिज्ञापन____________

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै क्यूआरमार्फत अन्तरराष्ट्रिय भुक्तानी शुरू गर्न बैंकहरूलाई सर्कुलेसन जारी गरेको छ । योसँगै अब नेपालीले पनि भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । नेपाली बैंकका खाता होल्डरको लागि यो सेवा शुरू भएको हो । भारतीय नागरिकले त्यहाँको ‘फोन पे’ र ‘भीम एप’मार्फत गत फागुन १६ गतेदेखि भुक्तानी शुरू गरेका थिए ।

राष्ट्र बैंकले शुक्रवार जारी गरेको निर्देशनअनुसार वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खाता रहेका नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाउने छन् । रिजर्भ ब्याङ्क अफ इन्डिया र राष्ट्र बैंकले दुई देशमा द्रुत भुक्तानी प्रणालीको समायोजनसम्बन्धी सेवाका सर्तहरूबारे गत फेब्रुअरीमा हस्ताक्षर गरेका थिए।

क्रसबोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच गत भदौमा सम्झौता भएको थियो ।

त्यतिबेला भारतीयलाई नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सुविधाको औपचारिक शुरुआत भए पनि राष्ट्र बैंकले स्वीकृति नदिँदा भारत जाने नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

सुपा देउरालीको दर्शन गरि आजको राशिफल हेर्नुहोस्

माेडल अनु खड्काकाे “तिलहरी” सार्वजनिक

नेपालमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछुः अर्थमन्त्री पुन

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता