सरकारले भुक्तानी नदिएपछि किसानले सडकमै दूध पोखे

चितवन । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

__________ बिज्ञापन____________
भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् ।

चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको खण्डमा अझ सशक्त रूपमा आन्दोलन गरिने अध्यक्ष बगालेले बताए ।

किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरू पाउनुपर्ने भुक्तनी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् ।

त्यस्तै ५ दिनदेखि दूध बिक्री नभएको उनीहरुको भनाइ छ । चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ । नचाहँदा नचाहँदै पनि सडकमा दूध पोख्न बाध्य भएको भन्दै किसानहरूले आक्रोश जनाएका छन् ।

स्रोत : सिम्रिक आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति

सुपा देउरालीको दर्शन गरि आजको राशिफल हेर्नुहोस्

माेडल अनु खड्काकाे “तिलहरी” सार्वजनिक

नेपालमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछुः अर्थमन्त्री पुन

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी