बेलिङह्यामलाई दुई खेलमा प्रतिबन्ध

मड्रिड । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका रियल मड्रिडका डिफेन्डर जुड बेलिङह्यामलाई ला लिगामा दुई खेलका लागि प्रतिबन्ध गरिएको छ । २–२ को बराबरीमा सकिएको उक्त खेलमा २० वर्षीय खेलाडीले इन्जुरी समयको छैटौँ मिनेटमा रियलका लागि विजयी गोल गरेको ठानेका थिए ।

__________ बिज्ञापन____________

तर, रेफ्री जिल मानजानोले क्रस अघि नै अन्तिम सिट्ठी फुकेका थिए । त्यस लगत्तै बेलिङह्यामसहित रियलका खेलाडीहरूले रेफ्रीलाई घेरेर असन्तुष्टि पोखेका थिए ।

स्पेनिस फुटबल फेडरेसन (आरएफईएफ) ले बेलिङह्यामले रेफ्री मोनजानोको अपमान र उपेक्षा गरेका बताएको छ । घाइते भएर मैदान बाहिर रहेका बेलिङह्याम सो खेलमा तीन हप्तापछि फर्किएका थिए । फेडरेसनको अनुशासन समितिले बेलिह्यामलाई ६ सय युरो र रियललाई ७ सय युरो जरिवाना गरेको छ । रियलले बेलिङह्यामको रातो कार्डविरुद्ध अपिल समेत गरेको थियो । तर, अनुशासन समितिले सो अपिल खारेज गरेको छ ।ला लिगामा प्रतिबन्ध खेपे पनि उनले बुधबार आरबी लेइपजिगविरुद्ध च्याम्पियन्स लिगअन्तरगत अन्तिम १६ को खेल भने खेलेका थिए । उनैको पासमा भिनिसियस जुनियरले गोल गर्दा रियल बराबरी खेल्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

स्रोत :रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने, राष्ट्र बैंकले दियो अनुमति

सुपा देउरालीको दर्शन गरि आजको राशिफल हेर्नुहोस्

माेडल अनु खड्काकाे “तिलहरी” सार्वजनिक

नेपालमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछुः अर्थमन्त्री पुन

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी